गोप्य बोलपत्र आव्हान सम्बन्धि सूचना
प्रकाशित मितिः २०८२ साल माघ १४ गते बुधवार
यस ग्रामीण सामुदायिक संस्था विकास (रिकोड) ले विभिन्न परियोजनामा खरिद गरिएका तपसिलमा उल्लेखित सामाग्रीहरु हालकै अवस्थामा लिलाम विक्रि गर्न लागेकोले न्यूनतम मुल्यमा नघटाई आफुले तिर्न चाहेको मुल्य उल्लेख गरी गोप्य बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
सर्तहरु
1. बोलपत्र फाराम यस संस्थाको कार्यालयबाट रु १०० (एक सय मात्र) शुल्क तिरि खरिद गर्नु पर्नेछ ।
2. बोलपत्र फारममा खरिद गर्न चाहेको सामाग्रीहरुको दर रेट अंक र अक्षर दुबै उल्लेख गर्नु पर्नेछ । यदि अंक र अक्षरमा लेखिएको रकममा फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिईनेछ ।
3. बोलपत्रका साथमा कबुल गरेको एकमुष्ठ मुल्यको १०% धरौटी रकम यस संस्थाको कृषि विकास बैकमा रहेको चल्ति खाता नं. ०२–११६–००१७९६८६–०१–९ मा जम्मा गरेको सक्कल भौचर सहित खामबन्द गरी संस्थाको कार्यालय, गोदावरी नगरपालिका वडा नं. ११ बुलुमा पेश गर्नु पर्नेछ ।
4. बोलपत्र मिति २०८२ साल माघ २३ गते दिउसो ३ः०० बजे भित्र पेश गर्नु पर्नेेछ । बोलपत्र सोही दिन ३ः३० बजे संस्थाका कार्यालयमा खोलिनेछ ।
5.सामाग्रीको अवस्था अवलोकन गर्न चाहेमा संस्थाको कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई गर्न सकिनेछ ।
6. छनौट नभएका आबेदकलाई धरौटी रकम बोलपत्र खोलेको मितिले १५ दिन भित्रमा फिर्ता गरिने छ ।
7. छनौट भएका आबेदकले बोलपत्र खोलेको ७ दिन भित्र बोलकबुल गरेको एकमुष्ठ रकममा धरौटी राखेको रकम कटाई बाँकी रकम संस्थाको बैंक खातामा जम्मा गरेको सक्कल भौचर पेश गरि संस्थाको कार्यालयबाट सामान बुझिलिनु पर्नेछ ।
8. बेलपत्र परेका तर तोकिएको समय भित्र कबुल गरेको मुल्य बैक दाखिला नगर्ने अथवा सामान बुझि नलिने बोलपत्रकर्ताको धरौटी रकम फिर्ता गरिने छैन ।
9. रित नपुरेयाई पेश गरेका बोलपत्र रद्य गरिने छ र लिलाम सम्बन्धि कुनै विबाद आएमा अन्तिम निर्णय लिलाम उप समितिले गर्नेछ ।
Details of goods and materials for auction
1 Dell Laptop, 7390, corei5, 8th gn, HD256, 13.3" touch pad- 1 Pcs-Min. price Rs. 21,357
2 Technos TV 55"- 1 Pcs Min. price- Rs 17,757
3 Bed with side box and Mattress -2 Pcs, Min. price Rs: 34,686
4 Office table (Brown) 1 pcs, Min. Price Rs 7,297
5 Office table (white) 1 pcs min. price Rs 3,500
6 Study table - 2 pcs, min, price Rs 7,818
7 Sofa - 1 set, min. price Rs 36,485
8 Chair- 3 pcs, min. price Rs 10,379
9 Mirror-1 pcs, min price Rs 2,076
10 Dining table-2 Pcs with 6 chairs -1 set, min price Rs 18,450
11 Daraz wooden-1 pcs, min price Rs 9,112
12 Revolving chair - 2 pcs, min price Rs 5,340
13 Printer Canon LBP 3050- 1 pcs, min price Rs 106
14 Lenovo Laptop, Intel®Core ™ i5 5200U CPU @2.20GHz 8 GB Ram (Black color 15"screen Product ID 00325-80361-47200-AAOEM - 1 pcs min price, Rs 5,673
15 Motorbike Unicon-1601- pcs, min price Rs 25,018
16 Solar Panel+sukam Invertor+Battrey- 1 set, min price Rs 6,107
17 Wooden Chair-5 pcs, min price Rs 2,500