गोदावरी नगरपालीकामा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न


ललितपुर श्रावण २२ गते, साेमवार

रिकोडबाट संचालित खाद्य सुरक्षा तथा पोषण सुधार परियोजनाकाे २०८० साल श्रावण २२ गते गोदावरी नगरपालीकामा परियाेजनाकाे सल्लाहकार समितिको बैठक सम्पन्न गरियाे । उक्त बैठककाे अध्यक्षता गोदावरी नगरपालीकाका उपमेयर मुना अधिकारीले गनुभएकाे थियाे। बैठकमा गाेदावरी नगरपालिका वडा नं. ७ देविचाैरका वडा अध्यक्ष मथुरा प्रसाद बजगाइ, कृषि शाखा प्रमुख सुवास खनाल, पशु शाखा प्रमुख इश्वर प्रसाद घिमिरे, स्वास्थ्य शाखाबाट बिना अधिकारी, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रतिनिधि प्रेम कुमारी राई, स्वास्थ्य संस्थाबाट हस्त बहादुर कठायत र सुसिला तिमल्सिना, कृषि प्राविधिक मनाेज बजगाइ, वडा सदस्य अजय बहादुर तामाङका साथै रिकोडको कार्यसमितिका पदाधिकारीहरू लक्ष्मि प्रसाद तिमल्सिना, रचना महर्जन, बेद बहादुर लामा, जगत प्रसाद बजगाइ, निर्देशक रामहरी घिमिरे, लगायत रिकाेडका कर्मचारीहरूकाे समेत सहभागीता रहेकाे थियाे । समग्रमा रिकोडले महिला तथा बालबालिकाकाे क्षेत्रमा राम्राे काम गरेको, स्वास्थक्षेत्रमा उल्लेखनिय कार्य गरेकाे बताउनु भयाे । साथै स्थानिय तहसंग समन्वय र रिपोटिङमा भने अझ सुधार गर्नुपर्ने सुझाव दिँदै आगामी वर्षहरुमा परियाेजनाकाे कार्यक्षेत्र विस्तार गर्नु पर्ने र नगरपालीकासंग साझेदारी तथा सहकार्यमा काम गर्दा परिणाम राम्रो हुने सल्लाह सुझाव दिनु भयाे ।

Powered by Instack Technologies Pvt. Ltd.